site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मियामीमा मेसीको सानदार पुनरागमन 

काठमाडौं । चोटका कारण दुई महिना मैदानबाट बाहिरिएका अर्जेन्टिनी कप्तान लियोनल मेसीले मेजर लिग सकर (एमएलएस)मा सानदार पुनरागमन गरेका छन् । 

आइतबार दुई महिनापछि मैदान उत्रिएका मेसीले इन्टर मियामीलाई जित दिलाउन दुई गोल गरे । मेसीप्रेरित मियामीले लिगमा फिलाडेल्फियाविरुद्ध ३–१ को पुनरागमन जित निकालेको हो । 

Dabur Nepal
NIC Asia

खेलको दोस्रो मिनेटमा मिकाएल उह्रेले गोल गर्दै पाहुना टिम फिलाडेल्फियालाई अग्रतामा राखेका थिए । तर, पहिलो रोजाइमै मैदान उत्रिएका मेसीले २६औँ मिनेटमा गोल गर्दै मियामीलाई खेलमा फर्काए । त्यसको चार मिनेटपछि मेसीले नै दोस्रो गोल गरेपछि मियामीले २–१ को अग्रता बनायो । 

यस्तै, इन्जुरी समयमा लुइस स्वारेजले गोल गरेपछि मियामीले ३–१ को जित पक्का गरेको हो । जितसँगै शीर्ष स्थानमा आसिन मियामीले १० अंकको अग्रता बनाएको छ । मियामीले २८ खेलबाट ६२ अंक जोडेको छ । समान खेलबाट ५२ अंक जोडेको सिनसिनाटी तालिकाको दोस्रो स्थानमा छ । २८ खेलबाट ३० अंक जोडेको फिलाडेल्फिया भने तालिकाको ११औँ स्थानमा छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro