site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको चेतावनीपछि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा 
SkywellSkywell

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।

कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई छलफलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए ।

Dabur Nepal
NIC Asia

लगत्तै माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सभामुखले सचिवालयसँगको छलफलपछि उक्त शब्द हटाउने कि नहटाउने भन्ने विषयमा निर्णय दिने बताए ।
माओवादी सांसदहरुले तत्काल निर्णय सुनाउन दबाब दिएको भन्दै सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द रेकर्डबाट नहटाउने बताएका थिए ।

त्यसपछि माओवादी सांसदहरुले सभामुखको निर्णयविरुद्ध संसद अवरोध गरेका छन् । उनीहरुले आजको बैठक पनि चल्न नदिने निर्णय गरेपछि सभामुखले छलफलका लागि बोलाएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu