site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेरा कैयौँ कमजोरी होलान्, तर अनैतिक काम गरेको छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूबाट कमजोरी भए पनि अनैतिक र अराजनीतिक काम नभएको बताएका छन् ।

पार्टीको राष्ट्रिय भेलामा बुधबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्,"मान्छेका रूपमा मेरा कैयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ठ हुन्छ भन्ने अनुमान र त्यसको पूर्वतयारी गर्न नसक्नु मेरो कमजोरी हो," उनले भनेका छन् ।

प्रतिवेदनको अंश–

यो प्रतिवेदनमार्फत अरुको आलोचना भन्दा पहिला आफ्नै केही कमजोरी स्वीकार्न चाहन्छु । यति धेरै आमचासोको व्यक्ति नहुँदाको बखत कैयौं निजी मामिलालाई हल्कारुपमा लिनु र तिनको समयमै उचित कानूनी निकास दिन नसक्नु मेरो कमजोरी भयो । राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनावद्ध उत्खनन र आक्रमण हुन्छ भन्ने कुराको सही आंकलन मैले गर्न सक्नु पर्थ्यो । हुन त कुनै पनि आरोप सत्य छैन ।

तर, जति प्रश्न उठे, त्यति पनि ठाउँ दिन हुन्नथ्यो भन्ने ठान्छु । मेरा कुनै बेलाका गैर-राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्यो, यसमा म दुःखी छु । आफ्नो तागतको हेक्का नराखी बोलिएका बोली, बडेमानका आश्वासन र त्यसैको आधारमा बढेको जनापेक्षाका पहाड चढ्न हामीलाई निकै गाह्रो भएको सत्य स्वीकार्ने अवसर पनि यही हो।

मान्छेका रुपमा मेरा कैयौं कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ठ हुन्छ' भन्ने अनुमान र त्यसको पूर्व तयारी गर्न नसक्नु मेरो कमजोरी हो । यसबाट मैले सिक्नुपर्ने विषय त छदैछ, मलाई हेरेर अरु साथीहरूले पनि सिक्नु पर्ने धेरै विषय छन् । कैयौं सीमितता र कमजोरीका बाबजुद पनि मलाई निसर्त र निस्वार्थ साथ दिने रास्वपा परिवारका सबै सदस्यप्रति ऋणी छु, नतमस्तक छु र आभारी छु ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro