कला
काठमाडौं । ‘चंचले नानी चुलबुले बानी’ गीतका गायक सुमन शेखर मानन्धरले केही गजल र आधुनिक गीत गाएर सुनाए ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावास काठमाडौंद्वारा भारतीय पुस्तकालयमा बिहीबार अपराह्न आयोजित कार्यक्रममा मानन्धरले स्वरसम्राट नारायणगोपालले गाएका दुई गीत, जगजीत सिंहले गाएका चार गजल, इम्तियाज वफाको एक गजल गाएर वातावरणलाई गजलमय बनाए ।
गजलकार सनतकुमार वस्तीको प्रेरणाले आफू गजल गायनतिर लागेको प्रसंग सुनाउँदै उनले प्रेमध्वज प्रधान र बच्चु कैलाशका एक/एक गीत गाएका थिए ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले हरेक महिना कला संवाद कार्यक्रमको आयोजन गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ ०९:१९
प्रतिक्रिया दिनुहोस्