site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आइफोन १६, एप्पल इन्टेलिजेन्स, एयरपड्स ४ सहित यस्ता छन् एप्पलका नयाँ उत्पादन
SkywellSkywell

काठमाडौं । सोमबार राति एप्पलले वर्षकै सबैभन्दा ठूलो इभेन्टमार्फत आफ्ना नयाँ प्रोडक्टको सार्वजनिक गरेको छ । ‘एप्पल इभेन्ट, २०२४’मार्फत कम्पनीले आइफोन १६ को नयाँ सिरिज सार्वजनिक गरेको हो। आईओएस १८ मा आर्टिफिसियल इन्टेलिजेन्सका लागि नयाँ अपडेट ल्याइएको छ ।

यस वर्ष एप्पल इभेन्टको मुख्य आर्कषणमा एप्पल इन्टेलिजेन्स थियो । यसबाहेक कम्पनीले आइफोन १६, एयरपड्स ४, एप्पल वाच सिरिज १० र अन्य हार्डवेयर उपकरणहरू सार्वजनिक गरेको छ ।

‘ग्लोटाइम’ नाम दिइएको इभेन्ट एप्पलको मुख्यालयबाट लाइभ भएको थियो ।

Dabur Nepal
NIC Asia

यस्ता छन् इभेन्टमा सार्वजनिक उत्पादन :

आइफोन १६

आइफोन १६ एप्पल इन्टेलिजेन्सलाई लक्षित गर्दै डिजाइन गरी बनाइएको छ । यसमा क्यामेरा कन्ट्रोलका लागि भनेर फोनको साइडमा बटन छ, जसले क्यामेराका विभिन्न फिचरमा पहुँच दिने छ ।

यस बटनबाट क्यामेरा फिचर प्रयोग गर्न, फरक फिचर प्रयोग गर्न कम वा बढी प्रेसर दिनुपर्ने बताइएको छ । यीलगायत विभिन्न फिचरले यो बटन क्यामेरा अन गरेर फोटो खिच्नका लागि मात्रै नभएको भनिएको छ ।

Iphone-1725950210.jpgए१८ चिपसेटमा आधारित भएकाले आइफोन १५ भन्दा आइफोन १६ तिस प्रतिशत फास्ट रहेको एप्पलको दाबी छ । आइफोन १६ को मूल्य ७९९ अमेरिकी डलर (करिब एक लाख सात हजार ४०० रुपैयाँ)बाट सुरु छ । आइफोन प्लस मोडलको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख २० हजार ८४०) रुपैयाँ छ ।

एप्पल इन्टेलिजेन्स

गत जुनमा डब्ल्यूडब्ल्यूडीसी इभेन्टमा एप्पलले एप्पल इन्टेलिजेन्स घोषणा गरेको थियो । पहिलेदेखिका एप र तिनका फिचरका लागि काम गर्ने एप्पल इन्टेलिजेन्सलाई विशेष गरी 'प्राइभेट लार्ज ल्यांग्वेज मोडल'का लागि हेरिएको छ । यसले इनबक्स चहार्ने, इमेलहरूको सारांश तयार गरिदिने, प्राथमिक नोटिफिकेसनको जानकारी गराउनेलगायत फिचर समेटेको छ ।

एप्पल इन्टेलिजेन्सले राम्रोसँग नभनिएकै रिक्वेस्टहरू सिरीमार्फत पूरा गर्ने र फोनमा भइरहेका कुराहरूको स्क्रिनमा जानकारी दिनेजस्ता काममा मद्दत गर्ने छ ।

Apple-Intelligence-1725950210.jpg
सुरुमा हिउँदमा अमेरिकामा एप्पल इन्टेलिजेन्स सार्वजनिक हुने र त्यसपछि डिसेम्बरसम्म धेरै देशमा उपलब्ध हुने बताइएको छ । सुरुमा अंग्रेजी भाषामा र पछि यो चिनियाँ, फ्रेन्च, जापानी तथा स्पेनी भाषामा सन् २०२५ मा उपलब्ध हुने भनिएको छ ।

एप्पल इन्टेलिजेन्सले फोटोमा रहेका अक्षर पढेर बुझेर इभेन्टको विवरण तयार पार्नेदेखि कुनै पनि रेस्टुरेन्टको फोटोबाट त्यसको विवरण तान्ने जस्ता काम गर्न सक्ने एप्पलले जनाएको छ ।

आईओएस १८

यस वर्ष एप्पल आईओएस १८ को बेटा संस्करण सार्वजनिक भए पनि यसमा एप्पल इन्टेलिजेन्सको आगमनलाई महत्त्वपूर्ण तरिकाले हेरिएको छ । एआई फिचरसहित यो सेप्टेम्बर १६ मा सार्वजनिक हुने भनिएको छ । यसलाई सबै आइफोन, आइफोन एक्सआर र एसईले समेत सर्पोट गर्ने एप्पले जनाएको छ ।

IOS18-1725950210.jpgक्यामेरा कन्ट्रोल

आइफोन १६ मा आएको ठूलो देखावटी परिवर्तन भनेको क्यामेरा कन्ट्रोल बटन छ । यसले क्लिक र विभिन्न गेस्चरका आधारमा काम गर्छ । हलुका थिच्दा प्रिभ्यू देखिन्छ भने हार्ड क्लिकमा यसले फोटो खिच्छ । पूरै बटनमाथि औँला राख्दा डायल्स र सेटिङ चेन्ज गर्न मिल्नेछ । नयाँ प्रिमियम फोनको स्क्रिन ६.३ इन्चदेखि प्रोको स्क्रिन ६.९ इन्च छ । आइफोन १६ प्रो र प्रो म्याक्समा तीव्र सटर स्पिड, फोरके भिडियो खिच्ने र १२० एफपीएस क्षमता छ । आइफोन १६ प्रोको मूल्य ९९९ डलर छ भने, प्रो म्याक्सको मूल्य एक हजार ११९ डलरदेखि सुरु छ ।

एप्पल वाच सिरिज १०

दश वर्ष पुगेको एप्पल वाचको दसौँ सिरिजमा ट्विक्ड डिजाइन, गालो कुना र अपडेटेड एस्पेक्ट रेसियो छ । वाइड एंगल ओलेड स्क्रिन रहेको यो सिरिजका घडीको डिस्पले ४० प्रतिशत बढी छ । एप्पलको सबैभन्दा पातलो ९.७ एमएमको यो सिरिज पहिलेका मोडलभन्दा १० प्रतिशत हलुका छ । घडीमा विभिन्न एआई फिचर र अमेरिकी संघीय खाद्य तथा औषधि प्रशासनले अनुमति दिए निद्रामा स्वाश्व प्रश्वासको अवस्थासमेत डिटेक्ट गर्ने बताइएको छ । सेप्टेम्बर २० मा सार्वजनिक हुने सिरिजका घडीको मूल्य ३९९ डलरदेखि सुरु छ ।

एप्पल वाच अल्ट्रामा रनिङ ट्र्याक, बाइक राइडलाई लाइभ एक्टिभिटीका रूपमा देखाउनेलगायत फिचर समावेश छन् ।

Apple-Watcss-1725950210.jpgएयरपड्स ४ र एयरपड्स प्रो २

एप्पलले एयरपड्स ४ लाई अहिलेसम्मकै सबैभन्दा कम्फर्टेबल भनेको छ । ए२ चिपमा आधारित एयरपड्सले सिरीमार्फत टाउको हल्लाएको र निहुराएकै भरमा विभिन्न काम गर्न सक्ने बताइएको छ । सेप्टेम्बर २० देखि नै उपलब्ध हुने एयरपड्स ४ को मूल्य १२९ अमेरिकी डलरबाट सुरु भएको छ ।

यस्तै, एयरपड्स प्रो २ मा प्रिभेन्सन, अवयरनेस र असिस्टेन्स फिचर समावेश भएको छ । जसमा प्रिभेन्सनले बाहिरको आवाज घटाउने, अवयरनेसले क्लिनिकल मान्यता पाएको सुन्ने क्षमताको परीक्षण र सोहीअनुसार असिस्टेन्स फिचर प्रयोग गर्न सकिने अपडेट एप्पले घोषणा गरेको छ ।

एयरपड्स म्याक्स यूएसबी–सी पोर्ट र विभिन्न रङमा सेप्टेम्बर २० देखि उपलब्ध हुने भएको छ । यस्तै, एप्पलले इन्टेलिजेन्ससहित अन्य अपडेट समेटिएको म्याकओएस एक साताभित्रै उपलब्ध हुने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu