site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्तानलाई विष खुवाएर आत्महत्या प्रयास :  तीन सन्तानको मृत्यु,  आमा गम्भीर

काठमाडौं । धनुषामा विष सेवनबाट तीन बालबालिको मृत्यु भएको छ । प्रहरीका अनुसार धनुषाको सहिदनगर नगरपालिका–५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह र दुई छोरीहरू दुई वर्षीया आरुसी साह तथा चार वर्षीया आकृति साहको मृत्यु भएको हो ।

उनीहरूको विष सेवनबाट मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सहिदनगर नगरपालिका–५ का वडाध्यक्ष सुरेश कापरका अनुसार घटना गएरातिको हो । 

सुशील साहकी श्रीमती पवित्रा साहको अवस्था भने गम्भीर छ । उनको रामजानकी अस्पतालमा उपचार भइरहेको छ । पवित्राको गर्भको बच्चालाई भने अस्पतालले अप्रेसन गरेर निकालेको छ । 

गर्भवती पवित्राले छोराछोरीलाई विषादी खुवाएर आफूले समेत आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्