site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रामगोपालपुरका वडाध्यक्षको मृत्युबारे अनुसन्धान गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जली सभामा प्रचण्डले मृत्युको कारणबारे छानबिन गर्न आग्रह गरेका हुन् ।

वडाध्यक्ष यादव यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत अवस्थामा फेला परेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरूले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।

वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी (जसपा) नेपालका नेताहरू केही दिनअघि राजधानीसम्म आएका थिए । 

अध्यक्ष प्रचण्डले यादवको निधन शंकास्पद देखिएकाले उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि आग्रह गरिने बताए ।

मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर दुर्घटना भएको देखाउन खोजेको जस्तो देखिएको बताइन् ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro