site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । नेपालको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रहे पनि नेपाली कांग्रेसका नेता बीपी कोइराला २०३३ सालमा भारत निर्वासनबाट  ‘राष्ट्रिय मेलमिलाप’को आह्वान  गर्दै नेपाल फर्किएका थिए । 

राष्ट्रियता जोगाउन राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप हुनुपर्छ भन्दै नेपालमा लोकतन्त्र र राजतन्त्र दुवै आवश्यक छन् भनेका कारण कतिपयले बीपीको आलोचना गरेका थिए भने कतिले दूरदर्शी नेताको संज्ञा दिएका थिए । 

Dabur Nepal
NIC Asia

विसं २०३० को दशकको मध्यतिर बीपी स्वास्थ्य उपचारका लागि शैलजा आचार्यलाई लिएर लन्डन पुगेका थिए । अक्सर उच्च प्रतिष्ठित व्यक्तित्वहरू लन्डन पुगेका बेला बीबीसी नेपाली सेवाले अवसरको सदुपयोग गर्दै अन्तर्वार्ता लिइहाल्थ्यो । बीपी गएका बेला बीबीसी वर्ल्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी लञ्चका लागि बोलायो । नेपाली सेवा छुट्यो । 

बीबीसी नेपाली सेवाबाट मणि राणा र ध्रुवहरी अधिकारी बीपी बसेकै ठाउँमै पुगेर र आधा घन्टा लामो अन्तर्वार्ता गरे । 

तर, उतिबेलाको समसामयिक विषयमा गरिएको अन्तर्वार्ता त्यसबेला बीबीसीले प्रसारण गरेन । 

तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका नेता बीपीसँग गरिएको अन्तर्वार्ता किन प्रसारण भएन त्यो त मणि राणा अहिले पनि स्पष्ट भन्न सक्तैनन् तर उनको विचारमा राजतन्त्रका नकारात्मक पक्षबारे बीपीले खुलेर आफ्नो विचार राखेकाले राजनीतिक समस्या समाधानका लागि दरबार र कांग्रेसबीच छलफल सुरु भइरहेका बेला बीपीको अन्तर्वार्ताले दरबार रुष्ट भएर बन्दै गएको सकारात्मक वातावरण पनि बिग्रिने हो कि भनेर प्रसारण नगरेको हुन सक्छ । 

विसं २०३० को दशकको मध्यतिर बीपीसँग मणि राणा र ध्रुवहरी अधिकारीले गरेको अन्तर्वार्ता करिब चार दशकपछि  बाह्रखरीलाई प्राप्त भएको थियो । नेपालको राजनीतिलाई बुझन् सहायक हुनसक्ने यो अन्तर्वार्ता बाह्रखरीमा पाँच वर्षअघि जस्ताको तस्तै प्रस्तुत गरेका गरेका थियौँ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा उक्त अन्तर्वार्ता पुन: प्रकाशित गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu