site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सुगर ड्याडी’को भेषमा ३३ वर्षीय आशीषको अनौठो अपराध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ १८ गते बूढानीलकण्ठका ३३ वर्षीय आशीष देउलासहित ४ जनालाई पक्राउ गर्‍यो । 

काठमाडौंका विभिन्न डान्सबारहरुबाट युवायुवतीहरुलाई प्रलोभनमा पारेर क्लब पार्टी र हाउस पार्टी गर्ने भन्दै आफ्नो घरमा लैजाने र घरमा लगिसकेपछि उनीहरुले नशालु पदार्थ सेवन गर्न लगाएर युवायुवतीलाई यातना दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

देउला समूहबाट चरम यातना भोगेका दुई युवाले दिएको उजुरीको कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा देउलासहित टोखा नगरपालिका– ३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवनका २२ वर्षीय साजन गुरुङ छन् । उनीहरु १० दिनदेखि प्रहरीको हिरासतमा छन् । 

पक्राउ परेकाहरुमाथि अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।  पक्राउ परेकामध्ये आशीष देउला मूख्य योजनाकार हुन् । उनकै योजनाअनुसार पक्राउ परेका युवाहरुले अन्य युवायुवतीहरुलाई बूढानीलकण्ठस्थित देउलाको घरमा पु¥याउने काम गर्थे ।

घरमा पुर्‍याएपछि भने नशालु पदार्थ खुवाएर इलेक्ट्रिक आइरन, नक्कली पेस्तोल देखाएर तर्साउने काम गर्ने गरेको पाइएको छ । 

शनिबारसमेत थप एक पीडित पनि प्रहरीको सम्पर्कमा पुगेका छन् । प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार प्रहरीको प्रारम्भिक बयानका क्रममा देउलाले प्रतिशोधका कारण पीडितहरुको शरीरमा आइरन लगाउने काम गरेको बताएका छन् । 

उनीहरुको साथबाट प्रहरीले इलिक्ट्रिक आइरन, नक्कली पेस्तोल, ह्यामरलगायत बरामद गरिसकेको छ । 

एसपी अधिकारीले भने, “प्रारम्भिक सोधपुछका क्रममा प्रतिशोध लिन पीडितको शरीरमा आइरन लगाएको हौँ भन्छन् । हामी अनुसन्धान गर्दैछौँ । उनीबाट अन्य पीडित भएका भए प्रहरीको सम्पर्कमा आउन आग्रह पनि गरेका छौँ ।”

बूढानीलकण्ठमा देउलाको आलिसान महल

यसरी जघन्य अपराधमा संलग्न आशिष देउला काठमाडौंकै सम्पन परिवारमा जन्मिएका युवा हुन् ।  उनका बुवा निर्माण व्यवसायी थिए । त्यसैले आशीषलाई आर्थिक अभाव भएन ।  दिनभर घरमै बस्ने आशिष साँझ भने काठमाडौंका विभिन्न क्लबहरुमा पुग्थे । उनी महंगा मानिएका क्लबका नियमित ग्राहक नै हुन् ।

‘सुगर ड्याडीको रुपमा क्लबमा’

आशीष साधारण भेषमा क्लब जाँदैनथे । दिनमा सामान्य रुपमा काम गर्ने आशीष, जब साँझ पर्थ्यो उनको भेष नै बदलिन्थ्यो । 

उनी झट्ट हेर्दा उमेरले ७० वर्षको हाराहारी देखिने, अनुहार बुढेशकालले चाउरीएको, तालु खुइलिएको नकाब लगाएर सुगर ड्याडीको भेषमा ठेमलका क्लबमा मनोरञ्जन गर्थे ।  आशीष सामाजिक सञ्जालमा पनि भिडियोहरु पोष्ट गर्थे । सुगर ड्याडी नाम रहेका आफ्ना सामाजिक सञ्जालमा क्लब र बारमा पैसा उडाएकोलगायतका भिडियोहरु पोस्ट गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार आशीष क्लब छिर्नासाथ उनी बसेको टेबलमा युवायुवतीहरु झुम्मिने गरेको पाइएको र त्यही बेला केही युवासँग आशीषको लफडा भयो । त्यसरी क्लबमा लफडा गर्नेहरुलाई आफ्नै घरमा हाउस पार्टी गर्ने भन्दै आफू बस्दै आएको बूढानीलकण्ठ नगरपालिकाको–१ नम्बर वडामा पुर्‍याए ।

पीडित युवाहरु घर पुर्‍याएको दिन भने आशिषकी श्रीमती घरमा थिइनन् । आशीषका अन्य परिवार बस्ने अर्कै घर छ । करिब एक रोपनी जग्गामा बनेको आशीषको आलिसान महलमा उनी एक्लै बस्छन् । त्यही कारण उनको घरमा राति के हुन्छ छिमेकी कसैलाई पनि थाहा हुँदैन । 

आशीषले भने क्लबबाट पार्टीको नाममा घरमा पुर्‍याएका युवायुवतीलाई यातना दिने र त्यसैमा मज्जा लिने गरेको खुलेको हो । हालसम्म पीडित तीनजना युवाहरु सम्पर्कमा आए पनि केही युवतीहरुमाथि समेत यातना गरेको आंशका प्रहरीको छ । 

प्रहरीका अनुसार उनी राति हिँड्दा करोड बढी पर्ने मित्सुबिसी ब्रान्डको पजेरो चढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro