site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेल जाने पक्का भएपछि रविले 'क्लिन चिट' पाएको भनेर भ्रम फैलाउँदै छन् : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित मुकुल ढकालले जेल जाने पक्कापक्की भएपछि लाज सरमको मतलब नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर 'क्लिन चिट' पाएको भनेर भ्रम फैलाएको बताएका छन् ।

"जेल जाने पक्कापक्की भएपछि लाज सरम केहीको मतलब नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएछन् । उनीलाई आफूबाहेक अरू कसैको केही मतलब छैन भन्ने कुरा फेरि पुष्टि भएको छ," उनले फेसबुकमा भनेका छन् ।

Argakhachi Cement Island Ad

उनले अगाडि भनेका छन्, "यिनी आफू जेल जाने निश्चित भयो, छानबिन समितिले नामै किटान गरेर दोषी भनिसक्यो, कारबाही सिफारिस गरिसक्यो । कम्तीमा आफैँ पढ्ने आँट गर्नुहोस्, यी स्वार्थीले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस् पुर्‍याउनू ।"

सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले सोमबार सहकारी ठगीमा जीबी राईसहित रवि लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्