site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभापतिले आरोपबाट मुक्ति पाउनुभयो, थकाउने प्रयास असफल भयो : सोविता गौतम
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सहकारी ठगीको आरोपबाट सभापति रवि लामिछानेले मुक्ति पाएको बताएकी छन् । चरित्र हत्या गरेर लामिछानेलाई राजनीतिबाट गलाउने र थकाउने प्रयास असफल भएको गौतमको भनाइ छ ।

सोमबार राति फेसबुकमा गौतमले भनेकी छन्, "अन्ततः माननीय रवी लामिछानेले सहकारी ठगीको झुटो आरोपबाट मुक्ति पाउनुभएको छ । उहाँलाई चरित्रहत्या गरेर राजनीतिबाट गलाउने र थकाउने असफल प्रयासहरू गरिए । तर, फरक दलका राजनीतिक नेतृत्वहरू मिलेर बनेको संसदीय छानबिन समितिले उहाँले सहकारीको पैसा ठगी नगरेको प्रमाणित गर्दा उहाँको निर्दोषिता सिद्ध भएको छ ।"

Dabur Nepal
NIC Asia

उनले आफूहरू इमान्दार र समर्पित नेतृत्वको समर्थनमा एकताबद्ध रहेको पनि बताएकी छन् ।

सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालका अनुसार, रास्वपाका सभापति लामिछाने सहकारीबाट गोर्खा मिडियामा आएको ६५ करोड खर्च गर्ने क्रममा संलग्न देखिएका छन् । तर, सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने क्रममा उनको 'संलग्नता देखिएको छैन ।'

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu