site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भाटभटेनीको ३०औँ स्टोर ललितपुरको हात्तीवनमा 

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो ३०औँ स्टोर सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

करिब एक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्यका साथ स्टोर निर्माणका लागि भूमि पूजा गरिएको अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।  उनका अनुसार यसअघि पोखरा र चितवनमा २८औँ र २९औँ स्टोर निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

करिब पाँच सय युवालाई रोजगारी दिन सकिने गरी स्टोर सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

WhatsApp-Image-2024-09-16-at-9.58.53-AM-1726460388.jpeg

WhatsApp-Image-2024-09-16-at-9.58.54-AM-(1)-1726460388.jpeg

WhatsApp-Image-2024-09-16-at-9.58.54-AM-1726460388.jpeg

WhatsApp-Image-2024-09-16-at-9.58.52-AM-1726460387.jpeg

WhatsApp-Image-2024-09-16-at-9.58.53-AM-(1)-1726460387.jpeg

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्