site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो खेलमै रोकियो साविक विजेता एपीएफ
SkywellSkywell

काठमाडौं । साविक विजेता एपीएफ राष्ट्रिय महिला लिग–२०२४ को पहिलो खेलमै रोकिएको छ । एपीएफले मंगलबारको दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलभर एपीएफले दबाब बनाए पनि गोल निकाल्न भने सकेन । एपीएफ प्रतियोगिताको साविक विजेतासमेत हो ।

Dabur Nepal
NIC Asia

यसअघि, आजै भएको पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

गएको आइतबारदेखि सुरु प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्दै छन् । लिगमा तीन विभागीय टिम– नेपाल पुलिस, एपीएफ र आर्मीसँगै कोसी, वाग्मती नगरपालिका, चन्द्रपुर नगरपालिका, संकटा क्लब, वालिङ नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको पहिलो चरणपछि शीर्ष पाँच स्थानमा रहने टिम दोस्रो चरणमा प्रवेश गर्ने छन् । ‘डबल राउन्ड रोबिन’ पद्धतिमा पाँच टिमबीच प्रतिस्पर्धा हुने छ । दोस्रो राउन्डबाट शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu