site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा
अरविन्द केजरीवाल । फाइल तस्बिर ।

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवालले दिल्लीमा समयभन्दा अगावै निर्वाचन गर्नुपर्ने माग गरे । उनले जनताको फैसला नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने जिकिर गरे ।

उनले भने, “मैले देशको संविधान र गणतन्त्र जोगाउन राजीनामा दिएको होइन । अब दुई दिनमा राजीनामा दिन्छु । जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”

गएको शुक्रबार भारतको सर्वोच्च अदालतले १० लाख भारु धरौटीमा रिहा गर्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवाल जेलमुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro