site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीको पोस्टमा एपीएफको आधा दर्जन गोल, ‘मधेस डर्बी’मा रोकिए वाग्मती र चन्द्रपुर 
एपीएफ टिम ।

काठमाडौं । राष्ट्रिय महिला लिगमा एपीएफ क्लबले अपराजित यात्रा कायम राख्ने क्रममा कर्णाली प्रदेशविरुद्ध ६–० को फराकिलो जित निकालेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एपीएफलाई जित दिलाउन रश्मी घिसिङले दुई गोल गरिन् । निशा थोकर, गीता रानामगर र हिमा रावतले समान एक गोल थपे । एपीएफले एक गोल भने कर्णालीबाट आत्मघातीस्वरूप पाएको थियो ।

खेलको पहिलो हाफमा एपीएफले दुई गोल गरेको थियो । दोस्रो हाफमा चार गोल थपेको हो । एपीएफले खेलको ९०औँ मिनेटमा कर्णालीकी वर्षा ओलीबाट आत्मघाती गोल उपहार पाएको थियो ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंकको कर्णाली नवौँ स्थानमा छ ।

बराबरी
प्रतियोगिताअन्तर्गत आइतबारै भएको अर्को खेलमा मधेस प्रदेशका दुई टिम वाग्मती युवा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

लिगको छैटौँ स्थानको चन्द्रपुरले पाँच खेल खेल्दा ६ अंक जोडेको छ । समान खेलबाट चार अंकको वाग्मती आठौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro