site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीएसजीको चौथो जित, डेम्बेलेको दुई गोल 

काठमाडौं । फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी)ले लगातार चौथो जित निकालेको छ । पीएसजीले शनिबार राति घरेलु मैदान पार्क डे प्रिन्सेसमा सम्पन्न खेलमा ब्रेस्टविरुद्ध ३–१ को जित निकालेको हो । 

पीएसजीको जितमा ओस्मान डेम्बेलेले दुई गोल र फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए । २९औँ मिनेटमा कास्टिलोले गोल गर्दै बेस्टलाई अग्रता दिलाएका थिए । तर, ४२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । 

७३औँ मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई २–१ को अग्रतामा राखे । त्यसको अर्को मिनेटमा डेम्बेलेले दोस्रो गोल गरेपछि पीएसजीले ३–१ को जित पक्का गरेको हो । 

जितसँगै चार खेलबाट १२ अंक जोडेको पीएसजी तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक जोडेका ब्रेस्ट तालिकाको १२औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro