site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुन सुरु भएपछिका ९० दिन : विपद्का घटनाबाट २२५ जनाको मृत्यु, ४९ जना बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट पछिल्लो ९० दिनमा नेपालमा २२५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यस वर्ष नेपालमा मनसुन सुरु भएपछिको ९० दिनमा मनसुनजन्य विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो । 

यो वर्ष जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो । ०८१ जेठ २८ देखि भदौ २२ गतेसम्मको ९० दिनको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ४९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

सोही अवधिमा मनसुनजन्य विपद्का घटनामा परी २८४ जना घाइते भएका छन् ।

Dabur Nepal
NIC Asia

गत वर्ष यसै अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८५ जनाको मृत्यु भएको थियो भने २९ जना बेपत्ता भएका थिए । गत वर्ष मनसुनजन्य विपद्का घटनामा परी १२६ जना घाइते भएका थिए ।

अघिल्लो वर्षको मनसुन सुरु भएपछिको तीन महिनाको अवधिको तुलनामा यस वर्ष सोही अवधिमा मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या साढे दुई गुणाभन्दा बढी छ ।

प्राधिकरणका अनुसार, बितेको तीन महिनामा मनसुनजन्य विपद् प्रभावित परिवारको संख्या चारहजार ६१५ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो प्रभावित परिवारको संख्या ६ हजार ३० थियो ।

यस वर्ष मनसुनजन्य विपद्‌बाट सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५७ जनाको र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद‌्‌मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा बाढीका २८५, पहिरोका ६९१, भारी वर्षाको ४१५ र चट्याङका १९३ गरी कुल एकहजार ५८४ मनसुनजन्य विपद्का घटना रेकर्ड भएका थिए ।

जसमा बाढीका घटनामा परी ४९, पहिरोका घटनामा परी १३५, चट्याङ लागेर ४० र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको हो । प्राधिकरणका अनुसार, बाढीका घटना ११ र पहिरोमा परी ३८ जना बेपत्ता छन् ।

यस्तै, मनसुनजन्य विपद्का घटनापछि खोज तथा उद्धारमा नेपाल प्रहरीबाट आठ हजार २५२, सशस्त्र प्रहरीबाट पाँच हजार ८१७ र नेपाली सेनाबाट चार हजार ७०८ जना गरी कुल १८ हजार ७७७ जनशक्ति खटिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro