site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न– मार्सी चामलको भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए । आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सरकारमा जानेबित्तिकै गलत नहुने उनले उल्लेख गरे ।

उनले पदका निम्ति यताउति गरिरहने अस्थिरताका कारण देश अप्ठ्यारोमा परेको र आवश्यकताले वर्तमान गठबन्धन बनेको बताए । प्रचण्डलाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनुभयो ? भन्दै उनले प्रश्न गरे ।

“...हामीले गठबन्धन गर्दा रातमा कहाँ गर्‍यो रे ! १२ बजे कहाँ पुग्यो रे ! ए, मार्सी चामलको भात बिर्सिनुभयो ? मार्सी चामलको खाएको भात बिर्सिनुभयो तपाईंहरूले ? त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ,” उनले भने ।

भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरिएको भन्दै उनले सुनकाण्ड कहाँ गयो ? कतिजना जेलमा छन् ? भन्दै प्रश्न गरे । स्थिरताका निम्ति वर्तमान सरकार आवश्यक रहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro