site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिमियर लिगमा लिभरपुलको शतप्रतिशत नजिता, युनाइटेडविरुद्ध सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शतप्रतिशत जित यात्रालाई कायम राख्ने क्रममा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ ।

आइतबार राति ओल्ड्र ट्राफोर्डमा पाहुना टिमलाई जित दिलाउन लुइस डियाजले दुई गोल गरे । अर्को एक गोल इजिप्सियन फरवार्ड मोहम्मद सालाहले थपे ।

पहिलो हाफमा डियाजले दुई गोल गरेपछि लिभरपुलले घरेलु टिमविरुद्ध मध्यान्तरअघि २–० को अग्रता बनाएको थियो । डियाजले ३५औँ मिनेटमा लिभरपुललाई अग्रतामा राखेका थिए । त्यसको सात मिनेटपछि डियाजले नै पाहुना टिमको अग्रता दोब्बर बनाए । डियाजलाई दुवै गोलका निम्ति सालाहले ‘असिस्ट’ गरेका थिए ।

५६औँ मिनेटमा सालाहले गोल गरेपछि लिभरपुलले ३–० को सहज अग्रता बनाएको थियो । यसपछि थप गोल भएन र लिभरपुलले फराकिलो जित दर्ता ग¥यो ।

जितसँगै तीन खेलबाट नौ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा आसीन म्यानचेस्टर सिटीको पनि समान नौ अंक छ ।

जारी सिजन प्रिमियर लिगमा युनाइटेडको भने यो दोस्रो हार हो । तीन खेलबाट तीन अंकको युनाइटेड १४औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro