site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटक खुलाउन सरकारले पत्राचार नगर्दा अझै हटेन प्रतिबन्ध 

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भए पनि औपचारिकरुपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिबन्ध कायमै राखेका छन् । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको बताएका थिए । यो सर्त के–कस्तो छ भन्ने कुरा भने सार्वजनिक भएको छैन ।

Dabur Nepal
NIC Asia

यसअघि गत कात्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यतिबेला पनि टिकटकले विभिन्न सर्तहरु मानेमा प्रतिबन्ध हटाउने सरकारले बताउँदै आएको थियो ।

वर्तमान सरकारले यस विषयमा हालसम्म दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई भने पत्राचार गरेको छैन ।  प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले हालसम्म प्रतिबन्ध हटाउन प्राधिकरणलाई पत्र नआएको बताए ।

प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन नदिएका कारण औपचारिकरुपमा नै टिकटकमाथिको प्रतिबन्ध भने हटेको छैन ।  प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक ब्लक नगर्न वा टिकटकमा पहुँच दिन निर्देशन दिएपछि मात्रै टिकटक औपचारिकरुपमा चल्छ । 

तर, अहिले नै पनि धेरै जसो इन्टरनेट सेवा प्रदायकको नेटकर्वमा टिकटक चलिरहेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro