site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागार्जुनमा सवारी दुर्घटना : एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नागर्जुनमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्यान्डपार्कबाट कलंकीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जीपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दोलखाको शैलुंगेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१३, छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए । सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौंको नैकाप बस्ने ४३ वर्षीय जगतबहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro