कला
काठमाडौं । ‘मिस्टर नेपाल २०२४’को विजेता शनिबार घोषणा हुने भएको छ । प्रतियोगितामा ३८ प्रतियोगी उपाधिका लागि भिड्दैछन् ।
प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए । देशभर आयोजित अडिसनमा सहभागीबाट फाइनलका लागि ३८ प्रतियोगी छानिएका हुन् ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिस्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ १४:३०
प्रतिक्रिया दिनुहोस्