site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहिले लागु हुन्छ रियल टाइम बक्सअफिस प्रणाली ?

काठमाडौं । चलचित्र विकास बोर्डले रियल टाइम बक्सअफिस प्रणाली चाँडै कार्यान्वयन हुने बताएको छ । 

पटक–पटक स्थगित हुँदै आएको रियल टाइम बक्सअफिस प्रणाली अब कार्यान्वयनको अन्तिम तयारीमा पुगेको बोर्डको दाबी छ । 

रियल टाइम बक्सअफिस प्रणाली लागु भएपछि टिकट बिक्री, दर्शक तथ्यांक र आम्दानीसम्बन्धी यथार्थपरक डाटा उपलब्ध हुने बोर्डले जनाएको छ । 

“रियल टाइम बक्सअफिस प्रणाली लागु भएपछि पारदर्शिता र व्यवसायिक विश्वसनीयता बढाउनेछ,” बोर्डले भन्यो, “यसको अनलाइन निर्माण प्रक्रिया सम्पन्न गरेर वैशाख महिनाभित्र उद्घाटन गर्ने तयारी छ ।” 

देशभरका सबै हलमा बक्सअफिस लागु नहुँदा र रियल टाइम बक्सअफिस नहुँदा निर्माता र वितरकले आफूखुसी तथ्यांक सञ्चारमाध्यममा दिने गरेका छन् । जसका कारण चलचित्रकाे कमाइकाे विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro