site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीलाई हराउँदै पुलिसले जित्यो एमएम कप

विराटनगर । एमएम कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार (वैशाख २०) विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस तेस्रो संस्करणको च्याम्पियन बनेको हो ।

साविक विजेता समेत रहेको आर्मीलाई पुलिसले २४ रनले पराजित गर्‍यो । लगातार तीनपटक फाइनलमा पुगेको पुलिसले पहिलोचोटि उपाधि जितेको हो । पछिल्ला दुई संस्करणका फाइनलमा पुलिस आर्मीसितै पराजित भएको थियो । योपटक पुलिसले उपाधि जित्दा ह्याट्रिक गर्ने आर्मीको सपना पूरा भएन ।

जितसँगै पुलिसले नगद चार लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो । उपविजेता आर्मीले नगद दुई लाख रुपैयाँ पायो ।

टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो । पुलिसका अरुण ऐरी र कप्तान शंकर रानाले अर्धशतकीय पारी खेले । ऐरीले ६४ र रानाले ५१ रन बनाए । श्रवण यादवले ३२ र दीपक डुम्रेले ३६ रन जोडे ।

आर्मीका नरेन साउद, दुर्गेश गुप्ता र तुलबहादुर थापाले समान दुई/दुई विकेट लिए ।

जवाफमा आर्मीले ४८ ओभरमा अलआउट हुनुअघि २१५ रन मात्र बनाउन सक्यो । आर्मीका विकेटकिपर हिमांशु दत्तले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । हिमांशुले ६३, निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४, नरेन राउदले २१, जितेन्द्रसिंह ठकुरीले २० र विशाल सुस्लिङले १८ रनको योगदान गरे ।क

पुलिसका ‘प्लेयर अफ फाइनल’ श्रवण यादवले चार विकेट लिए । चित्र विष्टले दुई विकेट हासिल गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद घोषित भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त पारे ।

उत्कृष्ट ब्याटर पुलिसकै शंकर राना चुनिए । उत्कृष्ट बलर कोसी प्रदेशका प्रेम कामत घोषित भए । शंकर र प्रेमले जनही नगद १५ हजार रुपैयाँ पाए ।

यही वैशाख १३ गतेदेखि सुरु प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोसी प्रदेश, वाग्मती प्रदेश, पुलिस, आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबको सहभागिता थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro