
काठमाडौं । चलचित्र ‘जार’मा मुख्य भूमिकामा सौगात मल्ल छन् । उनको अपोजिटमा गीताञ्जली थापा छिन् ।
सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको चलचित्र ‘जार’ वैशाख २६ गते रिलिज हुँदै छ । गिताञ्जली नेपाली दर्शकका नयाँ अनुहार हुन् ।
गीताञ्जली बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी कलाकार हुन् । उनी राष्ट्रिय अवार्ड विनर अभिनेत्री हुन् । गीताञ्जली ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् ।
नेटफ्लिक्सका प्रयोगकर्ताका लागि उनी परिचित छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीको अभिनय छ ।
उनका सिनेमा विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । गीताञ्जली अभिनीत सिनेमा टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वका ठूला फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् ।
‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।
‘जार’लाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । चलचित्र ‘जार’ले प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउने निर्माणपक्षले जनाएको छ ।