site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सेवाग्राहीसँग नौ लाख १२ हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूसँग नौ लाख १२ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

कृषि प्राविधिक अधिकृत मोहनसिंह र कृषि नायव प्राविधिक सहायक अशोकसिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा केही दिनअघि कञ्चनपुरस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग नगद चार लाख १२ हजार रुपैयाँ र दुई लाख ५० हजार रुपैयाँको दुईवटा बैंक चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro