site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली हमलामा एकै परिवारका १५ सदस्यको मृत्यु
तस्बिर : रोयटर्स ।

गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टाइनी परिवारका १५ सदस्यको मृत्यु भएको जनाएको छ । मध्य गाजाको अल–जावैदास्थित अज्लाह परिवारको घरमा आक्रमण गरिएको नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले बताए ।

इजरायली सेनाले यो घटनाबारे कुनै टिप्पणी गरेको छैन । “अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ,” बस्सलले भने ।

उद्धारकर्ताले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने, “तीनवटा रकेटहरू सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए, उनीहरूको के दोष थियो ?”

इजरायल र हमासबीच १० महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro