राजनीति
-1743338751.jpg)
काठमाडौं । तीनकुने आन्दोलनमा संलग्न रहेको आरोप लागेका रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको बयान भइरहेको छ । बयानपछि थुनछेक बहस हुनेछ ।
मिश्रका र सरकारी वकिलको बहस सकिएपछि आजै साँझ थुनछेक आदेश आउनेछ । आदेशपछि मिश्र पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारेखमा रिहा हुने टुंगो लाग्नेछ ।
मिश्र आन्दोलन भएको दिन ०८१ चैत १५ गते नै पक्राउ परेका थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट लगातार म्याद थप हुँदै थुनामा राखिएका मिश्र श्रीमती शारिका कार्कीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेशबाट जेठ २ गते रिहा भएका थिए । रिहापछि उनी प्रहरीमा हाजिर भएका थिएनन् ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ ११:३९
प्रतिक्रिया दिनुहोस्