site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागिना यादव भन्छिन्– बजेटका बेला संसदीय समितिमा विधेयकको छलफल नगरौँ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन् ।

समितिमा आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल थियो । संसद् बैठक पनि आज नै बस्ने र बजेट छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"समयको व्यस्ततालाई हेरौँ, समयको पावन्दी पनि हेरौँ । बरु बिदाको दिन बोलाउनुस्, हामी आउँछौँ । तर, बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ता पनि आउनुहुन्न । हामीले पनि जति महत्त्व दिनुपर्ने हो त्यो दिन सक्छौँ कि सक्दैनौँ," उनले भने ।

उनले समितिमा पनि विधेयकलाई राम्रो बनाउन आवश्यक समय दिन नसकिने स्पष्ट पारिन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्