site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोक, काठमाडौंसहित यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको दृश्य । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर र ललितपुर भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट भई बहने साना नदीमा समेत बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

कोसीका सहायक नदीमध्ये आज अरुण र भोलि दूधकोसीको जलसतह सतर्कता तहनजिक पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ । 

v1-1723692866.jpeg

v2-1723692866.jpeg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro