site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको ८४ प्रतिशत भू–भागमा बस्ती खाली गर्न इजरायलको आदेश
फाइल तस्बिर ।

गाजा । गाजाको करिब ८४ प्रतिशत भू–भागमा बस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्रसंघीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ । दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गरेको छ ।

राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लूए)ले सामाजिक सञ्जाल एक्समार्फत शरणार्थीहरू जीवन रक्षाका लागि सबै कुरा छोडेर भाग्दा भाग्दा थकित भएको तथा जानका लागि सुरक्षित ठाउँ नभएको जनाएको छ । 

गाजा युद्ध सुरु भएदेखि नै इजरायली सेनाले गाजाबासीलाई सैन्य कारबाहीको तयारीका लागि घर छोड्न माग गर्दै आएको छ । विस्थापित व्यक्तिहरू यूएनआरडब्लूए आश्रयमा शरण लिन, आफन्तसँग वा सडक र विद्यालयहरूमा बस्न बाध्य भएका छन् ।

हमासद्वारा सञ्चालित गाजाका सरकारी सञ्चारमाध्यमको तथ्यांकअनुसार वर्तमान द्वन्द्वका कारण गाजा क्षेत्रको कूल २३ लाख जनसंख्यामध्ये २० लाख मानिस विस्थापित भएका छन् । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro