site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोहितसम्मिलित टोरोन्टो ग्लोबल ट्वान्टी–२० च्याम्पियन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल ट्वान्टी–२० लिगको उपाधि जितेको छ ।

टोरोन्टोले उपाधि भिड्न्तमा आइतबार मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले हराएको हो । तर, फाइनलमा नेपाली ब्याटर रोहितले भने प्लेइङ्ग–११ मा मौका पाएनन् ।

ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियलले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य टोरोन्टाेले १५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । टोरोन्टोको जितमा आन्द्रेस गोसले अविजित ५८ रन बनाए । रसी भान डेर डुसेनले ३० रन थपे ।

मोन्ट्रियलका अज्मतुल्लाह ओमरजाई र कार्बिन बोस्चले समान एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै मोन्ट्रियलले नौ विकेट गुमाएर ९६ रनको योगफल खडा गरेको थियो । यसअघि, मोन्ट्रियबाट कोर्विन बोस्चले सर्वाधिक ३५ रन बनाएका थिए । जस्कारन सिंहले १६ र अनुप रविले १० रन थपे ।

टोरोन्टोका जेसन बेरेन्ड्रोफले तीन विकेट लिए । रोमारियो सेफर्डले दुई विकेट लिँदा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथिरुले समान एक विकेट लिए ।

रोहितले पहिलो पटक क्यानडाको लिग खेलेका हुन् । रोहितबाहेक यस प्रतियोगितामा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको पनि सहभागिता थियो । तर, उनीहरु सम्मिलित भान्कुभर किङ्स क्रिकेट क्लब एक खेलमात्रै जितेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro