site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशकी प्रधानमन्त्रीले राजीनामा दिँदै छाडिन् देश, निवास तोडफोड
SkywellSkywell

ढाका । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले देश पनि छोडेकी छन् । देश छोड्दा साथमा बहिनी शेख रेहाना पनि छन् । तर, कहाँ गइन समाचारमा खुलाइएको छैन ।
उनले आफू बस्ने दरबार छोडेको स्रोतलाई उल्लेख गर्दै एएफपीले जनाएको छ । उनको राजीनामाको माग गर्दै विद्यार्थीहरुले आइतबारबाट सुरु गरेको आन्दोलनका क्रममा एकै दिन करिब १०० जनाको मृत्यु भएको थियो ।

बंगलादेशका प्रधानमन्त्रीको निवासलाई गणभवन भनिन्छ । समाचारमा प्यालेस छोडेको बताइए पनि कुन प्यालेस भनिएको छैन । यसैबीच प्रधानसेनापतिले देशका नाममा आज दिउँसो ३ बजे सम्बोधन गर्न लागेको समेत बताइएको छ । 

KFC Island Ad
NIC Asia

हसिना अधिनायकवादतर्फ अघि बढेकै हुन् ?

सुरक्षित स्थानमा जानका लागि उनले दरबार छोडेको स्रोतलाई उद्धृत गर्दै जनाइएको छ । आइतबारको घटनापछि बंगलादेशमा कर्फयु लागेको छ भने तीन दिन सार्वजनिक विदा दिइएको छ । इन्टरनेट पनि बन्द गरिएको छ ।

Royal Enfield Island Ad

हसिनाका छोराले उनको शासनमा हुन सक्ने कुनै पनि टेकओभरलाई रोक्न सुरक्षा फौजलाई आग्रह गरेका छन् । प्रधानमन्त्री हसिनाले एक वक्तव्य रेकर्ड गराउन चाहेको तर त्यो पनि नपाएको समेत स्रोतले बताएको एएफपीको समाचारमा उल्लेख छ ।

वाकरले शनिबार सैनिक अफिसरहरुलाई सेना सधै जनताको साथमा रहेको बताएको एक औपचारिक वक्तव्यमा जनाइएको थियो । सेनाले जनवरी २००७मा पनि व्यापक राजनीतिक तनावपछि सैनिक समर्थित केयरटेकर सरकार बनाइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro