कला

काठमाडठौं । चलचित्र ‘सतीदेवी’को ट्रेलर ट्रेन्डिङमा छ । ट्रेलर मुभी सेक्सनको ३ नम्बर ट्रेन्डिङमा छ ।
भदौ ७ गते रिलिज हुने चलचित्रको मुख्य भूमिकामा मलिका महत छिन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले पेस गर्नेछ । चलचित्रलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् ।
चलचित्रमा मलिकासँगै सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा मुख्य भूमिकामा छन् । बालकलाकारको भूमिकामा हर्षिका वली र मन्जिला बानियाँ छन् ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १०:४६
प्रतिक्रिया दिनुहोस्