site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भानु कप फुटबल आजदेखि 

दमौली । तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका खेल संयोजक विष्णु अधिकारीका अनुसार उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच हुनेछ । 

यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार २११ तथा उपविजेताले रु एक लाख २५ हजार २११ सहित ट्रफी प्राप्त गर्नेछन् । 

त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार २११ पुरस्कार प्राप्त गर्नेछन् ।  

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार २११, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार २११ तथा सर्वाधिक गोलकर्तालाई रु पाँच हजार २११ पुरस्कार प्रदान गरिनेछ । 

सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई ६ हजार २११ र बाघचालतर्फ प्रथम हुनेलाई ६ हजार २११ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro