site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएसएल तेस्रो संस्करणमा पहिलो जित निकाल्ने टिम बन्यो चितवन

काठमाडौं । एफसी चितवन सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा पहिलो जित निकाल्ने टिम बनेको छ ।

चितवनले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखरा थन्डर्सविरुद्ध २–० को जित निकालेको थियो । चितवनको जितमा नोदिर माभ्लोनोभ र निरज चौधरीले गोल गरे । चितवनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

खेलको १६औँ मिनेटमा माभ्लोनोभले गरेको गोलमा चितवनले अग्रता बनाएको थियो । यस्तै, इन्जुरी समयमा निरजले चितवनको अग्रता दोब्बर बनाए ।

यो जारी सिजनको पहिलो जित हो । यसअघि शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो र दोस्रो खेल बराबरीमा समाप्त भएको थियो । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीचको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । यस्तै, दोस्रो खेलमा बुटबल लुम्बिनी एफसी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro