site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखरामा प्रथम लायन्स पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं । लायन्स क्लब नेपाल ‘डिस्ट्रिक ३२५ एम’को आयोजनामा प्रथम लायन्स भलिबल प्रतियोगिता हुने भएको छ । सोमबार लायन्स क्लब नेपाल ‘डिस्ट्रिक ३२५ एम’ले पत्रकार सम्मेलन आयोजना गरी नेपालसहित दुई विदेशी भलिबल टिम सम्मिलित अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

आयोजकका अनुसार, प्रतियोगिता यही आउँदो वैशाख १८ देखि २२ गतेसम्म पोखरास्थित मल्टिप्रपोज हलमा हुनेछ । प्रतियोगितामा नेपालका तीनवटै विभागीय क्लब र गण्डकी प्रदेश भलिबल संघसहित पाकिस्तान भलिबल संघ र अन्य एक विदेशी टोली गरी ६ वटा टिमले सहभागिता जनाउने बताइएको छ । एक विदेशी टोलीका लागि भारत र इरानसँग छलफल भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ८० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको प्रथम विजेतालाई चार लाख ४४ हजार ४४४ रुपैयाँ, प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरिनेछ । दोस्रो हुने टोलीले दुई लाख ४४ हजार ४४४ रुपैयाँ, प्रमाण पत्र, ट्रफी र मेडल  र तेस्रो हुनेले एक लाख ४४ हजार ४४४ रुपैयाँ दिइनेछ । उत्कृष्ट खेलाडीले नगद १४ हजार ४४४ रुपैयाँ, प्रमाण पत्र, ट्रफी र मेडल र विधागत पुरस्कारमा खेलाडीहरूले आठ हजार ४४४ रुपैयाँ पाउनेछन् ।

लिग कम नकआउट प्रणालीमा खेल सञ्चालन हुनेछ । ६ वटा टोली सहभागी हुने यो प्रतियोगितामा कुल ९ वटा खेल हुनेछ । प्रतियोगिताको टिकट मूल्य ३०० रुपैयाँ रहेको छ । आयोजकले खेलअनुसार टिकट मूल्य एक हजारसम्म बढ्न सक्ने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro