site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने
Dabur Nepal
NIC Asia

धनुषा । शास्त्रीय संगीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिएका छन् । 

कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा संगीत  विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ । कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डामा बिहीबार बिहान निधन भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro