site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्विट्जरल्यान्ड र जर्मनी भ्रमणमा राष्ट्रपति पौडेलले खर्च गरे झन्डै साढे दुई करोड
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणमा दुई करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलले गत जेठ २९ देखि असार ५ गतेसम्म स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण गरेका थिए ।

अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को जेठ १७ गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयलाई असारमा उक्त रकम निकास गरेको हो ।

भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको सहभागिता थियो ।

स्विट्जरल्यान्ड भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ ३० गते त्यहाँका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गरेका थिए । उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

स्विट्जरल्यान्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गरेका थिए । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गरेका थिए ।

राष्ट्रपति पौडेलले जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्था, बर्लिनको पर्खाल र पूर्वी जर्मनीको अवलोकन भ्रमण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro