site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बहुदलपछि भ्रष्टाचार मुद्दामा तानिने अहिलेसम्मकै उच्चपदस्थ बने माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बहुदलीय व्यवस्थापछि भ्रष्टाचार मुद्दामा तानिने अहिलेसम्मकै उच्चपदस्थ व्यक्ति बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काभ्रेको जग्गा पतञ्जलीलाई हदबन्दी छुट दिएर पुन:प्लटिङ तथा बेचबिखनका लागि अनुमति दिँदा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध मुद्दा चलाएको हो ।

यसअघि, ०३५ सालमा पूर्वप्रधानमन्त्री तुलसी गिरीविरुद्ध पनि गलैँचा निर्यात काण्डमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । पछि उनले ०३७ सालमा सफाइ पाएका थिए ।

Argakhachi Cement Island Ad

नेपाललाई १८ करोड ५८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनीसँगै ९३ जनालाई प्रतिवादी बनाइएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका नेपाल उच्च पदमा पुगेर भ्रष्टाचार मुद्दा लाग्ने पहिलो व्यक्ति बनेका हुन् ।

यसअघि, ललिता निवास जग्गा प्रकरणमा पनि निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाएर कारबाही अघि बढाउनुपर्ने माग गरिएको रिट सर्वोच्चमा विचाराधीन छ  । त्यतिबेला मन्त्रिपरिषद्का निर्णय नीतिगत हुने भन्दै ललिता निवास प्रकरणमा मुद्दा नचलाइएको अख्तियारले प्रधानमन्त्रीकै हैसियतमा गरेको काममा अहिले मुद्दा चलाएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्