site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पदक तालिकाको शीर्ष स्थानमा उक्लियो चीन, फ्रान्स र जापान पछ्याउँदै 

काठमाडौं । पेरिस ओलिम्पिक–२०२४ को छैटौँ दिन चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा बिहीबारको खेल जारी रहँदा चीन नौ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

चीनले सात रजत र तीन कास्यसहित कुल १९ पदक जितेको छ । चीनलाई पछ्याइरहेको फ्रान्स आठ स्वर्णसहित दोस्रो स्थानमा छ । फ्रान्सले १० रजत र आठ कास्यसहित कुल २६ पदक जितेको छ । 

तेस्रो स्थानको जापानले पनि आठ स्वर्ण जितेको छ । जापानले तीन रजत र चार कास्यसहित १५ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले सात स्वर्ण, ६ रजत र तीन कास्यसहित १६ पदक जितेको छ । पाँचौँ स्थानको ब्रिटेनले ६ स्वर्ण, ६ रजत र पाँच कास्य जितेको छ । सातौँ स्थानको दक्षिण कोरियाले पनि ६ स्वर्ण जितेको छ । 

कुल १२ पदक जितेको दक्षिण कोरियाले तीन रजत र तीन कास्य जितेको छ । यो सूचीको सातौँ स्थानमा अमेरिका छ । अमेरिकाले पाँच स्वर्ण, १३ रजत र ३० कास्य जितेको छ । 

यस्तै, आठौँ स्थानको इटालीले तीन स्वर्ण, ६ रजत र चार कास्यसहित १३ पदक जितेको छ । नवौँ र १०औँ स्थानमा क्यानडा र जर्मनी छन् । क्यानडाले दुई स्वर्ण, दुई रजत र तीन कास्यसहित सात पदक जितेको छ । जर्मनीले पनि दुई स्वर्ण, दुई रजत र दुई कास्यसहित ६ पदक जितेको छ । 

प्रतियोगिताको छैटौँ दिनसम्म कुल २८ देशले स्वर्ण जितेका छन् । यस्तै, २५ देशले रजत र ३६ देशले कास्य पदक जितेका छन् । पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

peris_Table-1722498616.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro