site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 नेताको हत्याको बदला लिने हमासको घोषणा

गाजा । हमासले आफ्ना नेता इस्माइल हानियाको हत्याको बदला लिने बताएको छ । उक्त समूहका नेता मौउसा अबु मार्जोकले इजरायलबाट इरानमा गरिएको सो हत्या कायरतापूर्ण भएको र त्यसबापत सजाय दिइने हमास नियन्त्रित अल अक्सा टेलिभिजनले जनाएको छ ।

हमासले गएको अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा एक हजार २०० मानिस मारिएका थिए । त्यसको बदलामा इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणका क्रममा अहिलेसम्म करिब ३९ हजार मानिसको मृत्यु भएको जनाइएको छ ।

गएको अप्रिलमा इजरायलले गरेको आक्रमणका क्रममा इस्माइल हानियाका तीन छोरा र चार नातिनातिना पनि मारिएका थिए ।

इस्माइल गएको मंगलबार इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियनको पदभार ग्रहण समारोहमा पछिल्लो पटक सार्वजनिक रुपमा देखिएका थिए । उनले उक्त अवसरमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनेइलाई समेत भेटेका थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro