site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एलेक्जेन्डरले राष्ट्रिय कीर्तिमान बनाए, प्रतियोगिताबाट बाहिरिए

काठमाडौं । नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष १०० मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । राष्ट्रिय कीर्तिमान बनाए पनि उनले हिट चरण पार गर्न सकेनन् । उनी आफ्नो हिटमा रहेका आठ खेलाडीमध्ये तेस्रो भए ।

पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गरे । उनले आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । यसअघिको कीर्तिमान उनले दोहामा वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा बनाएका थिए ।

Dabur Nepal
NIC Asia

सन् २०२० को टोकियो ओलम्पिक पनि खेलेका एलेक्जेन्डरले योपटक वाइल्ड कार्डमार्फत प्रतिस्पर्धा गर्ने मौका पाएका थिए ।

पेरिस ओलम्पिकमा एलेक्जेन्डरसँगै चार नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । पौडीकी डुवाना लामा, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल यसअघि बाहिरिइसकेका छन् । अब नेपालबाट ब्याडमिन्टका प्रिन्स दाहालले अन्तिम खेल र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro