site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निर्देशक मिन भाम भन्छन्– ‘शाम्बाला’ आजीवन युट्युबमा आउँदैन 

काठमाडौं । निर्देशक मीन भामले आफ्नो चलचित्र ‘शाम्बाला’ आजीवन युट्युबमा रिलिज नगर्ने घोषणा गरेका छन् । 

आफ्नो पहिलो चलचित्र ‘कालोपोथी’ पनि युट्युबमा नरहेको र ‘शाम्बाला पनि युट्युबमा नआउने उनको भनाइ छ । 

“सिनेमा युट्युबका लागि भनेर बनाएकै नहुने भएकाले म युट्युबमा सिनेमा राख्दिनँ । मेरो पहिलो चलचित्र पनि युट्युबमा आएन,” मीन भन्छन्, “शाम्बाला पनि आउँदैन । ओटीटीमा त सानो स्क्रिनमा हेर्नै पर्ने होला । तर म त भन्छु, चलचित्र सकेसम्म हलमै हेरौँ ।” 

Dabur Nepal
NIC Asia

युट्युबबाट केही पैसा आउने भए पनि आफूले त्यसमा चलचित्र कहिल्यै र कुनै पनि नराख्ने उनको भनाइ छ । “सबैको आ–आफ्नै विचार होला । पैसा आउने पनि होला । तर म युट्युबमा आजीवन मेरो सिनेमा राख्दिनँ,” उनी स्पष्ट पार्छन् । 

करिब १५ करोड लगानीमा बनेको ‘शाम्बाला’ यही भदौ २८ गतेबाट नेपालमा रिलिज हुँदै छ । 

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

यस्तै ‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्राण्डे विधामा चलचित्र छनोट भएको हो । यीबाहेक विश्वका थुप्रै फेस्टिभलमा यो चलचित्र छनोट भइसकेको छ । 

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । 

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो चलचित्रले पेस गर्छ । चलचित्रको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।

निर्देशक मिनले हालसम्म विश्वका २९ देशमा हल रिलिजको टुंगो लागिसकेको छ । 

“हाम्रो सेल्स एजेन्ट जो हो उसका अनुसार ४० देशको राइट्स बिक्री भइसकेको छ,” उनले भने, “नेट्फिल्क्ससँग पनि संवाद भइरहेको छ । तर, सबैतिर रिलिज भइसकेपछि मात्र नेट्फिल्क्समा जाने हाम्रो लक्ष्य हो । हेरौँ कस्तो हुन्छ ।” 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro