site stats
बाह्रखरी :: Baahrakhari
कला
सबैभन्दा धेरै व्यापार गर्ने २५ चलचित्रलाई सम्मान गर्दै बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले सबैभन्दा धेरै व्यापार गर्ने २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने भएको छ । बोर्ड स्थापना भएको २५ वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै व्यापार गर्ने २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने भएको हो । 

पाँच करोडभन्दामाथि भएका अधिकतम् व्यापार गर्ने पहिलो २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ । तर, यसका लागि चलचित्र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात सात दिनभित्र पेस गर्नुपर्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“देशभित्र स्वदेशी चलचित्रको कुल व्यापार पाँच करोडभन्दामाथि भएका अधिकतम् व्यापार गर्ने पहिलो २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ,” बोर्डले सूचना जारी गर्दै भनेको छ, “सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वदेशी चलचित्र निर्माण कम्पनी वा वितरकले प्रमाण खुल्ने कागजातसहित बोर्डमा पेस गर्नपर्नेछ ।”

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्