site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिन भामको ‘शाम्बाला’ भदौ २८ मा रिलिज हुने 

काठमाडौं । चलचित्र ‘शाम्बाला’को नेपाल रिलिज घोषणा गरिएको छ । आज ललितपुरमा कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । 

निर्देशक मिनबहादुर भामका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिजमा आउनेछ । 

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

यस्तै ‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्राण्डे विधामा चलचित्र छनोट भएको हो ।

Sambala-a-1721994739.jpg
 

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । 

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्‌ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो चलचित्रले पेस गर्छ । चलचित्रको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro