site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘शाम्बाला’ नेपालको हालसम्मकै मंहगो चलचित्र 

काठमाडौं । मिन भाम निर्देशित चलचित्र ‘शाम्बाला’ हालसम्मकै नेपालको मंहगो चलचित्र बनेको छ । निर्माणपक्षका अनुसार यो चलचित्र निर्माणका लागि १४ करोड २१ लाख २० हजार रुपैयाँ बजेट लागेको छ । 

“हामीले यो चलचित्र निर्माणको बजेट १४ करोड २१ लाख उल्लेख गरेका छौँ । तर वास्तवमा सबै हिसाब गर्दा करिब १५ करोड रुपैयाँ लागेको छ,” निर्देशक मिन भामले भने । 

हिमाली भेगको छायांकन, कथामा रिसर्च तथा प्रोडक्सनको काम नेपाल बाहिर गरेकाले बजेट धेरै लागेको हो । अझै पनि यो चलचित्रलाई ‘इनह्यान्स’ गर्ने काम भइरहेको उनले बताएका छन् । 

यसैबीच, चलचित्र ‘शाम्बाला’को नेपाल रिलिज घोषणा गरिएको छ । आज ललितपुरमा एक् कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । 

निर्देशक मिनका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिज हुनेछ ।  

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

यस्तै ‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्राण्डे विधामा चलचित्र छनोट भएको हो । यीबाहेक विश्वका थुप्रै फेस्टिभलमा यो चलचित्र छनोट भइसकेको छ । 

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । 

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो चलचित्रले पेस गर्छ । चलचित्रको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।

निर्देशक मिनले हालसम्म विश्वका २९ देशमा हल रिलिजको टुंगो लागिसकेको छ । “हाम्रो सेल्स एजेन्ट जो हो उसका अनुसार ४० देशको राइट्स बिक्री भइसकेको छ,” उनले भने, “नेट्फिल्क्ससँग पनि संवाद भइरहेको छ । तर, सबैतिर रिलिज भइसकेपछि मात्र नेट्फिल्क्समा जाने हाम्रो लक्ष्य हो । हेरौँ कस्तो हुन्छ ।” 
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro