विदेश
बेइजिङ । गेमी नामक आँधीले ताइवान र फिलिपिन्समा ठूलो क्षति गर्यो । अब उक्त आँधी चीनको मुख्य भूभागमा प्रवेश गरेको छ ।
दक्षिणपूर्वी चिनियाँ प्रान्त फुजियानका एक लाख ५० हजार मानिसलाई सुरक्षाका निम्ति अन्यत्र सारिएको छ । त्यो आँधीले ताइवान र फिलिपिन्समा बाढी र पहिरो ल्याउँदा कम्तीमा २१ जनाको मृत्यु भएको थियो ।
चीनका राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, बाढी नियन्त्रण र प्रकोप व्यवस्थापनबारे राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बिहीबार बैठक बसेको थियो ।
फुजियानमा रेलसेवा बन्द गरिएको छ । उत्तरी चीनका अधिकारीले भारी वर्षा र पहिरोको सम्भावना रहेको बताएका छन् । बीबीसीबाट ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ ०९:३३
प्रतिक्रिया दिनुहोस्