site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गेमी आँधीबाट ताइवानमा बाढीपहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु
तस्बिर : एपी ।

ताइपेई । ताइवानमा गेमी आँधीपछि तल्लो भेगमा बाढी आएको छ । पहिरो समेत गएको छ । आँधीले घर र पसलहरूमा क्षति पुगेको छ ।

आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । यसबाट फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । ताइवानमा पनि तीनजनाको मृत्यु भएको छ । २२० जनाभन्दा बढी घाइते भएका छन् ।

ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द गरिएको छ । नागरिकलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ ।

ताइवान नियमित रूपमा आँधीको चपेटामा पर्ने गर्छ । चेतावनी प्रणालीलाई बढाइएको छ । तर, ताइवानको स्थलाकृति, बढी जनघनत्व र उच्च प्रविधिको अर्थतन्त्रका कारण यस्ता आँधी आउँदा हुने क्षतिबाट बच्न कठिन हुन्छ ।

फिलिपिन्समा डुबेर र पहिरोका कारण मृत्यु हुनेको संख्या बढेको छ । प्रहरीका अनुसार, कम्तीमा तीनजना बेपत्ता छन् ।

बिहीबार बिहानै बाटन प्रान्तको लिमेय सहरमा १४ लाख लिटर औद्योगिक इन्धन तेलले भरिएको ट्यांकर डुबेको र उद्धारकर्ताले १६ मध्ये १५ जना चालक दलका सदस्यको उद्धार गरेको फिलिपिन तटरक्षकले जनाएको छ ।

ट्यांकर डुब्नुको सम्बन्ध खराब मौसम र अशान्त समुद्र थियो वा थिएन भन्ने तत्काल स्पष्ट भएको छैन । तर, यातायात सचिव जेमी बाउटिस्टाले सामुद्रिक अवस्थाका कारण सम्भावित तेल चुहावटलाई रोक्न तटरक्षककर्मी तत्काल उक्त क्षेत्रमा पुग्न नसेकेको बताए ।

ताइवानको पूर्वी तटमा वायुसेनाको अभ्यास आँधीका कारण रद्द गर्नुपरेको छ ।

फिलिपिन्समा क्यारिना भनिने गेमीले त्यहाँ भूस्खलन निम्त्याएको छैन । तर, मौसमी मनसुनी वर्षालाई बढाएको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोस जुनियरले अधिकारीहरूलाई गाउँहरूमा खाद्यान्न र अरू सहायता पु¥याउने प्रयासलाई तीव्र बनाउन आदेश दिएका छन् । “त्यहाँका जनताले धेरै दिनसम्म खाना नखाएका हुन सक्छन्,” टेलिभिजनमा प्रसारित आपत्कालीन बैठकमा उनले भने ।

फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसंख्या भएका क्षेत्रमा वर्षाका कारण धेरै स्थानमा बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन रोकिएको छ ।

आँधी उत्तरपश्चिमी दिशामा मुख्य भूमि चीनतर्फ बढेकाले यसको प्रभाव शुक्रबारसम्म जारी रहने अपेक्षा गरिएको छ । रासस/एपी

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro