वासिंटन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उमेदवार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन् ।
"आफ्नो पार्टीबाट उमेदवार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु," ह्यारिसले एक विज्ञप्तिमार्फत बताइन् ।
डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतीय चुनावी दौडबाट बाहिरिएको घोषणा गरेकी हुन् । उनले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उमेदवारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताइन् ।
ह्यारिसले पूर्वसभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाईएको छ । रासस/सिन्ह्वा